टिकटकमा New Star ID चलाउनेअभद्रता प्रदर्शन गर्ने यादवलाई पक्राउ गर्न सिडिओ कार्यालयमा उजुरी

जनकपुधाम । टिकटक समाजिक सँजालमा अभद्रता प्रदर्शन गर्ने धनुषाका एक युवकमाथि कारवाही गर्नको लागि सिडिओ कार्यालय महोत्तरीमा निवेदन दिइएको छ ।

गृह मन्त्रालयलाई सिडिओ कार्यालय महोत्तरी मार्फत विहिबार सनातनी युवाहरुले टिकटक प्लेटफर्ममा अभद्रता प्रदर्शन गर्ने न्यू स्टार नामक धनुषाका युवकलाई पक्राउ गर्न उजुरी दिएको छ । टिकटक समाजिक सँजालमा निरन्तर धनुषाको गणेशमानचारनाथ नगरपालिका वडा नम्बर ८ चितहा लवटोली बस्ने स्थानीय दिनेश यादवको छोरा बर्ष २६ को अमित कुमार यादवमाथि उजुरी दायर गरिएको छ ।

स्थानीय केही जागरुक युवकहरुले टिकटक जस्ता समाजिक सँजालमा गैर समाजिक कार्य गरेको, अश्लिल तथा अभद्र गालीगलौजहरु गरिएको कुरालाई भिडियो प्रमाणसहित जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी हालिएको हो ।

टिकटकमा “न्यू स्टार” नाम राखेका दिनेश यादवका छोरा अमित यादवले पछिल्लो समय गालीगलौज, अभद्र भाषा प्रयोग तथा महिलाहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्न थालेपछि सनातनी युवाहरुले कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय महोत्तरी मार्फत गृह मन्त्रालयमा निवेदन पठाएको हो ।प्रत्यक्ष प्रसारण (लाइभ) तथा भिडियोहरूमा निरन्तर नकारात्मक र आपत्तिजनक सामग्री प्रस्तुत गर्दै आएका कारण धेरै प्रयोगकर्ताहरूले उनको कडा आलोचना गरिरहेका छन्।

रविन्द्र सनातनीको नेतृत्वमा टिकटक बन्द संघर्ष समितिद्वारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएको हो । रविन्द्र सनातनी , सुमन चौधरी , पंकज सनातनी, शिवम सनातनी , मनिष साहका टोलीले न्यू स्टारमाथि कारवाहीको प्रक्रिया थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!