रिंकु सदाको न्यायका लागि रौतहटमा प्रदर्शन

राजेश निर्माणी/फाल्गुन १९।

रौतहट —सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीय किशोरी रिंकुकुमारी सदाको न्यायका लागि रौतहटमा दबाब प्रदर्शन गरिएको छ ।

अपहरण र सामूहिक बलात्कारमा परेको घटना मिलाउनका निम्ति गाउँमै भएको पञ्चायती पछि रिंकु आफ्नै घरमा गत माघ ३० गते साँझ, संकास्पद झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । रिंकुको न्याय र दोषीमाथि कारबाहीको माग गर्दै, सोमबार दलित संघर्ष समिति रौतहटले सदरमुकाम गौरमा प्रदर्शन भएको हो ।

घटनाको बारेमा जानकारी पाउनु लगत्तै सिरहा लगायत देशैभरीका दलित अधिकारकर्मीहरुले रिंकुको सम्झनामा मैनबत्ती पनि बाल्नुको साथै घटनामा संलग्न र पञ्चायती गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै पटकपटक दबाब मुलक प्रदर्शन गर्दै आइरहेको छ ।

राज्य र राज्यको गैरजिम्मेवार रबैयाका कारण मधेशमा दलितहरु माथि अन्याय,अत्याचार,जातीय भेदभाव तथा बलात्कार जस्ता जघन्य अपराधहरु बढ्दै गइरहेको र उक्त घटनाहरुलाई गाउँमै मिलाउन पञ्चायती गर्ने प्रवृत्ति अझै अन्त्य हुन नसकेको दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनेलाल रामको भनाइ छ । ‘देशमा ऐन र कानुन हुदा पनि राज्य र राज्यका संयन्त्र त्यसको कार्यान्वयन मा कहिल्यै पनि गम्भीर न भएको कारण नै यस्ता जघन्य अपराधहरु लाई पञ्चायतीको माध्यमले सुल्झाउने कुप्रथा अझै जीवित रहेको उनले बताए ।’

उक्त प्रदर्शन,गौरको बिपि चौक (घणटघर) देखि सुरु भई जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रसाशन कार्यालय हुदै गौर-बैरगनिया भन्सार सम्म पुगेर पुन: बिपिचौकमा आई कोण सभामा परिवर्तन भएको थियो।

प्रदर्शनको अध्यक्षता दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनेलाल रामले गर्नुभएको थियो भने,प्रमुख अथितिमा दलित विकास समिति मधेस प्रदेश सदस्य राजकुमार दास तत्मा,विशिष्ट अथितिमा दलित अगुवा मटुक पासवान,दलित अधिकारकर्मी पुनित राम,मुसहर संघका जिल्ला अध्यक्ष बिनोद माझि रहेका थिए।

त्यसैगरी अथितिमा दलित अधिकारकर्मी सत्यनारायण राम,युवा नेता उदय नरायण राम,अवधनरायण राम,नाथुराम परियार,शिवशंकर पासवान,सुब्बा साहेब हजारी,नथुनी माझी,बिश्वनाथ राम र रामानन्द माझी लगायत जिल्ला भरिएकै सयौं दलित सामाजिक अभियन्ता तथा हजारौं दलित जन समुदायको बाक्लो उपस्थिति रहेको थियोे।

सदा गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्कँदा स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । घटनालाई पञ्चायती बसेर गाउँमै ढाकछोप गर्ने प्रयास गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!