नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको निर्णय आब,प्रेस’ लेखेर गाडी चलाउन नपाइने

रौतहट । नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले जिल्लाभर ‘प्रेस’ लेखिएका सवारी साधनको दुरुपयोग बढिरहेको भन्दै अबदेखि सो शब्द लेख्न नपाइने निर्णय गरेको छ ।

सोमबार बसेको शाखा समितिको बैठकले सवारी साधनमा ‘प्रेस’ लेख्न नपाइने र सम्बन्धित मिडिया हाउसको नाममा खरिद भएका सवारी साधनमा मात्र मिडियाको नाम उल्लेख गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको हो ।

महासङ्घले आपत्कालीन अवस्था, कर्फ्यु वा सवारी आवागमनमा प्रतिबन्ध भएको विशेष अवस्थामा मात्र पत्रकार तथा सञ्चारकर्मीले ‘प्रेस’ लेखिएको सवारी प्रयोग गर्न सकिने जनाएको छ ।

अन्य सामान्य अवस्थामा भने यस्तो प्रयोग नगर्न सबै सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।प्रेस’ लेखिएका सवारी साधनको नाममा व्यापक दुरुपयोग भएको गुनासो बढिरहेका कारण यसबारे गम्भीर निर्णय लिनुपरेको महासङ्घका सचिव गौतम श्रेष्ठले बताएका छन् ।

यसका लागि जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी तत्काल छानबिन तथा चेकजाँच कडाइ गर्ने कार्य अघि बढाइने निर्णय समेत गरिएको छ ।महासङ्घले यस कदमलाई पत्रकारिताको विश्वसनीयता र शुद्धतासँग जोड्दै सबै सरोकारवालाहरूलाई सहयोग गर्न अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!